किन आउँदै छन् राहुल गान्धी फेरि फर्केर काठमाडौं ? बाहिरियो यस्तो रहस्य

Rahul gandhi 0

काठमाडौं । भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले कैलाश मानसरोवरको दर्शनपछि पशुपतिनाथको दर्शन गर्ने भएका छन् ।

दिल्लीबाट काठमाडौँ आएको भोलिपल्टै दर्शनका लागि कैलाश मानसरोवर प्रस्थान गरेका गान्धीले सेक्टेम्बर १२ मा काठमाडौं आएलगत्तै पशुपतिनाथको दर्शनसँगै विशेष पूजा गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।

त्यसअघि पनि उनले मानसरोवरबाट काठमाडौँ फर्किएपछि पशुपतिनाथ दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए । गान्धी धार्मिक यात्रामा व्यस्त भएपनि भारतीय राजनीतिक दलले उनको यो यात्रा राजनीतिक भएको बताउँदै आएका छन् ।

गान्धीले ती सबै आलोचनालाई वेवास्था गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत मानसरोवरको जल र त्यहाँको पवित्रताको बयान गर्दै त्यो जल घृणा मुक्त रहेको भनेर भाजपा नेतालाई घुमाउरो जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...