हत्या अभियोगमा युवक प्रक्राउ

Pakrau

बेंशीशहर । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

दमन्तीदेवीको भदौ १३ गते हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने प्राप्त सूचनाका आधारमा दवाडीलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरीले युवकलाई बुधबार उनकै घरबाट प्रक्राउ गरेको थियो । जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...