निर्मला पन्त हत्या प्रकरणः प्रहरीको अनुसन्धानमा लापरवाही भएको आयोगको ठहर

Manba adhikar nmr

कञ्चनपुर । निर्मला पन्तको हत्याको मुद्दामा प्रहरीको अनुसन्धानकार्य शुरुवाति अवस्था देखीनै प्रकृया संगत ढंगले नभएको आयोगले निश्कर्ष निकालेको छ ।

कञ्चनपुरमा १३ वर्षिय वालीका निर्मला पन्तको वलत्कार पछी भएको हत्याले उत्पन्न परीस्थीतिको राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धानमा कञ्चनपुर प्रहरीले गरेको अनुसन्धान शुरुवाति अवस्था देखीनै प्रकृया संगत नभएको निश्कर्ष निकालेको हो ।

साउन १० गते भएको निर्मला हत्या पछी कञ्चनपुरमा भएका मानव अधिकार हनन का विषयमा बुझ्न कञ्चनपुर पुगेकी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले विहीवार महेन्द्र नगरमा पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धान प्रकृया प्रती असन्तुष्टी जनाएकी हुन् ।

यसै गरी कञ्चनपरमा भएको अमानविय घटना प्रति राष्ट्रीय मानव अधिकार आयोगले समयमा ध्यान नदिएको भन्दै पत्रकारहरुले गुनासो समेत गरेका थिए । वरिष्ठ पत्रकार खेम भण्डारीले निर्मला हत्याको अभियोगमा प्रहरी हिरासतमा रहेका दिलिप सिह बिष्टलाइ चरम यातना दिएको र यसवारे मानव अधिकार आयोगले समयमै सचेतहुनु पर्ने बताए ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न घरदेखि हिँडेकी निर्मलाको अर्कोदिन निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...