दक्षिण र उत्तर कोरियाका नेताबीच चाँडै भेटवार्ता हुने

Kim moon

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ सँग भेटवार्ता गरेका छन् ।

विशेष दूतको टोलीले उत्तर कोरियाको एकदिने भ्रमण गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

विशेष दूतको टोलीमा पाँचजना सदस्य रहेका थिए । त्यसको नेतृत्व चुङ इउइ योङले गरेका थिए । चुङ दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् ।

उक्त टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुनले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किमलाई हस्तान्तरण गरेको थियो । कोरिया प्रायद्वीपको अवस्थासम्बन्धी धारणा आदानप्रदान गर्न पत्राचार गरेको ब्लु हाउसले जनाएको छ ।

विशेष टोलीको उत्तर कोरिया भ्रमणबारे दक्षिण कोरियाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने योजना बनाएको छ ।

विशेष टोली र उत्तर कोरियाली नेताबीचको भेटवार्ताले किम र मुनको तेस्रो शिखर वार्ताको आधार तयार पर्ने अपेक्षा गरिएको छ । यसपटकको भेटवार्ताको मुख्य कार्यसूची नै तेस्रो शिखर रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...