भारतमा हिन्दू धर्म परिवर्तन गराउने २७१ विरुद्ध मुद्दा

Dharma paribartan

उत्तरप्रदेश । भारतीय सर्वसाधारण नागरिकलाई लोभ देखाउँदै हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले प्रहरीलाई आदेश दिएको छ ।

उत्तर प्रदेशको जोनपुरमा हिन्दु धर्मको गलत प्रचार गरेको र लोभ देखाएर क्रिश्चियन ९ईसाई० धर्म अपनाउन लगाएको आरोपमा अदालतले तीन पादरीसहित २७१ जनालाई पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो ।

हिन्दु जागरण मञ्चको उजुरीमा अदालतले उक्त आदेश दिएको हो ।

हिन्दु जागरण मञ्चका ब्रजेश सिंहका अनुसार ईसाई धर्मका प्रचारकले जोनपुर, आजमगढ, वाराणसी र गाजीपुर जिल्लाका गाउँका बासिन्दालाई चर्चमा प्रार्थना गर्न दबाव दिँदै आएका थिए । सिंहका अनुसार चर्चमा प्रत्येक आइतबार र मंगलबार प्रार्थना सकिएपछि उनीहरुलाई हिन्दु धर्मको बारेमा गलत कुरा भनिन्थ्यो र ईसाई धर्म अपनाउन प्रोत्साहित गरिन्थ्यो ।

उजुरीमा भनिएको छ चर्चमा पूजा गरिसकेपछि नशालु प्रतिवन्धित औषधि दिइन्छ र यसै क्रममा धर्म परिवर्तन गराएर ईसाई बनाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...