पूजा खत्रीलाई सहयोगको ओइरोः ११ लाख पूजाको खातामा

Puja  khatri

काठमाडौ‌ । प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी म्याग्दी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबारसम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको छ।

गरिबीका कारण अध्ययनबाट पूजा वञ्चित हुनुपर्ने अवस्था आएको र यही बेहोरा राखेर उनले प्रधानाध्यापकलाई पत्र लेखेको समाचार सार्वजनिक भएपछि सहयोगी हात जुटेका हुन्।

पूजाको खातामा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार रुपैयाँ, बागलुङ घर भई हाल पोर्चुगलमा रहेका नेपाली व्यवसायी नरेन्द्र हमालले ५० हजार रुपैयाँ, कोरियामा रहेका म्याग्देलीको पहलमा ५० हजार रुपैयाँ, अस्टे«लियाको ब्रिसबेन चौतारीले ३० हजार रुपैयाँ, सत्यसाई केन्द्र काठमाडौंले २६ हजार २६० रुपैयाँ, पूर्वन्यायाधीश बलराम केसीले २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै अमेरिकाबाट शोभा पाण्डेले २७ हजार ९ सय, बेलायतबाट इशा गुरुङले १ लाख व्यक्तिगतसहित साथीहरुबाट उठाएर कुल २ लाख ११ हजार, नागरिक दैनिकमार्फत १ लाख ९ हजार सात सय ९३, ललितपुर खुमलटार निवासी डा. हरिकुमार प्रधानले ६० हजार रुपैयाँ सहयोग गरेका छन्।

पूजालाई ५ सय रुपैयाँदेखि २ लाखसम्म सहयोग प्राप्त भएको छ । आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाका अनुसार बुधबारसम्म ११ लाख १३ हजार रुपैयाँ पूजाको खातामा जम्मा भएको छ।

तेह्रथुम घर भई हाल न्युयोर्क बस्ने हेम र माया थापाले पूजासहित चार भाइबहिनीलाई कक्षा १२ सम्म पढ्न सहयोग पुगोस् भनेर मासिक २५ हजार रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। नगदसँगै पूजा र उनका भाइबहिनीलाई लत्ताकपडा, स्टेसनरीसहितका सामान पनि सहयोगस्वरूप प्राप्त भएको छ। (नागरिक)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...