निर्मला हत्याबारे एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

Nirmala hatya

काठमाडौं । कञ्चपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्नताको आशंकामा प्रहरीले निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष बिष्टसँग बयान लिएको छ।

प्रहरीले सोमबार र मंगलबार गरी दुई पटक सोधपुछ गरेपनि किरण र आयुषलाई नियन्त्रणमा भने लिएको छैन। कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले उनीहरुसँग बुझ्ने काम भएको बताए। अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिए जो कसैलाई पनि नियन्त्रणमा लिइने डिएसपी ओझाको भनाई छ।

आयुष र किरण बम दिदीबहिनीको घरमा नियमित आउजाउ गर्ने गरेको र घटनामा उनीहरुको संलग्नता हुनसक्ने भन्दै स्थानीयले उनीहरुमाथि अनुसनधान गर्न दबाब दिंदै आएका थिए। तर, निलम्बित एसपी विष्टको नेतृत्व टोलीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याएको थिएन।

एसपी विष्टले बम दिदीबहिनीलाई समेत अनुसन्धानको दायरामा ल्याएका थिएनन्। अहिले भने बम दिदीबहिनी बबिता र रोशनी प्रहरी नियन्त्रणमा छन्। बम दिदीबहिनीको घरमा गत साउन १० गते होमवर्क गर्न गएकी निर्मला अर्को दिन करिश एक किलोमिटर पर उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा भेटिएकी थिइन्।

यस्तै, घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मानसिक रोगी दिलीपसिंह विष्टलाई काठमाडौंमा राखेर स्वास्थ्य परीक्षणसहित प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...