‘विश्व शान्ति पूजा’ थाइल्याण्डमा

Puja2

काठमाडौं । शान्त तथा समृद्ध विश्व समाज निर्माण गर्ने उद्देश्यले विश्व बौद्ध धर्म सङ्घले थाइल्याण्डमा ‘विश्व शान्ति पूजा’ गर्ने भएको छ ।

राजधानी बैंकको उत्तरी क्षेत्रमा अवस्थित बुद्धिष्ट मन्दिरमा पूजा गर्न लागिएको हो । पूजा यही भदौ २३ र २४ गते हुनेछ । पूजामा विभिन्न मुलुकबाट भक्तजन सहभागी हुनेछन् । विश्वमा बढ्दै गएको अशान्ति, लोभ, मोह, मानवअधिकार हनन तथा व्यक्ति व्यक्तिको मनमुटाव तथा राष्ट्रबीच युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्ने उदेश्यले पूजा गर्न लागिएको हो ।

पूजा सम्पन्न गर्न संस्थाका अध्यक्ष आनी भीम सुवा गुरुङको नेतृत्वमा २८ जनाको समूहले आज थाइल्याण्ड प्रस्थान गरिसकेको छ । महायान परम्पराको निङ्मा सम्प्रदायका धर्म गुरु फुर्फु छेवाङको समूहले पूजा गर्ने छ । धार्मिक गतिविधि सम्पन्न गरी समूह नेपाल फर्कने छ ।

विगतमा नेपालमा मात्र शान्ति पूजा आयोजान गर्दे आइरहेकोमा सङ्घले आगामी दुई वर्षमा २० राष्ट्रमा यस्तो पूजा आयोजना गर्न लागेको हो । ती राष्ट्रमा पूजा सम्पन्न भएपछि नेपालमा शान्ति स्तम्भ स्थापना गर्ने संघको योजना छ ।

संस्थाका महासचिव रामशरण पौडेलका अनुसार पूजापश्चात् बौद्ध धर्मको माध्यमबाट नेपालमा पर्यटन प्रवद्र्धन विषयमा अन्तक्र्रिया तथा बौद्ध परम्परा र पर्यटनको बारेमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...