यसरी गरियो डोनरको पैसाले होटलमा दलित आन्दोलनको ‘समिक्षा’

Nndswo progan news

काठमाडौं । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ यो उखान त्यसै भनिएको होइन । नयाँ संविधान बनेको यतिका समय भइसक्दा पनि दलित आन्दोलन जहाँको त्यहीँ छ ।

अझ त्यही बहानामा विदेशीसँग गुहार माग्दै दलित आन्दोलन कमजोर भएको भन्दै डलर चित्र्याइरहेका छन् । त्यसरी रकम भित्र्याउनेमध्येमा पर्छ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पनि ।

संघले मंगलबार काठमाडौंको बुद्धनगरस्थित अल्फा हाउसमा ‘नयाँ संविधान कार्यान्वयनको तीन वर्ष : दलित आन्दोलनको समिक्षा र भावी कार्य दिशा’ विषयक कार्यक्रमको आयोजना गर्याे । जुन कार्यक्रममा फेन चर्च एडको सहयोग थियो । व्यानरका सहगोगदाताको लोगो पनि राखिएको थियो ।

काभ्रेका अजि मिजारको शव त्रिवि शिक्षण अस्पतालमा रहेको झण्डै २६ महिना पुग्न लागेको छ । नयाँ संविधान जारी भएयता पनि कयौ ठाउँमा दलितमाथि विभेद भएको छ । केही समयअघि मात्र पनि माया विक बलात्कारपछि मारिएकी छन् । यस्ता घटना अनेकौं छन् ।

यस्ता घटना दलित गैरसरकारी संस्थाहरुका लागि कमाई खाने भाडो बन्ने गरेका छन् । जब दात्रृ निकायले डलर दिन्छ, अनि नारा जुलुस गर्नेदेखि अधिकारका कुरा गर्नेहरु सल्बलाउन थाल्छन् । तर, जब पैसा हुँदैन, अधिकारका कुरा गर्नेहरु ‘नुन खाएको कुखुरा’ झैं हुने गर्छन् । मंगलबार संघले गरेको कार्यक्रम पनि त्यसैको एउटा उदाहरण हो ।

बिहान ८ बजे अतिथिहरुलाई बोलाइएको थियो । आयोजकको निम्ता गरे भन्दा आधा जति अतिथि हलमा थिए । सो कार्यक्रमको एउटा पाटनर थियो दलित नागरिक समाज । त्यही भएर पनि समाजका संयोजक मोतिलाल नेपालीले कार्यक्रमको सभापतित्व गरे ।

सञ्चालकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको नाम भट्टयाए । मिन विश्वकर्मा, पार्वती विसुंखे, प्रकाश स्नेही, सुजता परियार, लक्ष्मी परियार, खेमकुमार विश्वकर्मा लगायतका केही सांसद उपस्थित थिए । विभिन्न संस्थाका प्रतिनिधि पनि सहभागी थिए ।

कार्यक्रममको नाम थियो राष्ट्रिय बहस । तर, सीमित व्यक्ति बोलाएर दाताको पैसा सक्ने मात्रै काम भएको कार्यक्रममा सहभागीहरुले बताए । अधिकांसले कतिपय संघ संस्थालाई बिदेशी डलर कमाउने भन्ने आरोप लगाउन पछि परेनन् ।

सो कार्यक्रममा संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वास विकले एउटा आधार पत्र प्रस्तुत पनि गरे । कार्यक्रमको उदेश्य थियो दलित आन्दोलनको समिक्षा गर्ने । तर, आयोजकको आधारपत्र बाहेक कसैले पनि दलित आन्दोलनको समिक्षा गर्न चाहेनन् । किनभने आयोजकको आधार पत्र नै दलित आदोलनमा संघ संस्थाको भुमिका मुख्य बनाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...