यी हुन् श्रीमानको रीस पोख्न छोरालाई खोलामा बगाउने निर्दयी आमा

Death namuna

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी निगुरो बिक्री गरेर जीवन चलाउँदै आएकी थिइन् । कल्पनाका पति दैनिक रक्सी पिएर आउँथे ।

कल्पना र श्यामबीच आठ वर्ष पहिले बिहे भएको थियो । पतिको कचकचले वाक्क भएकी कल्पना आइतबार माइत जाने सुरमा घरबाट निस्किइन् । रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नुपर्छ ।

अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ । तर मनभित्र पाप चिताएकी उनले नाबालक छोरालाई पुलको बाटो प्रयोग नगरिकन खोलाबाटै लिएर गइन् । अबोध बालकलाई के थाहा आफैंलाई जन्म दिने आमाले निर्दयी निर्णय गरेको कुरा ?

उनले खोला तरिसकेपछि छोरा रेशमलाई चिसाङ खोलामै धकेलिदिइन् । रेशमलाई खोलाले बगायो । माइत पुगेपछि उनले छोरालाई खोलाले बगाएको बताइन् । त्यसपछि माइती पक्ष बालक खोज्न खोलातिर दौडिए । झण्डै १ सय मिटर तल बालकलाई मृत अवस्थामा भेटे ।

माइती पक्षले केरकार गरेपछि अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन् । कल्पनाले श्रीमानको यातना दिएको रिसमा छोरा खोलामा बगाएको बताएकी छन् ।

‘छोरालाई लिएर माइत जान घरबाट निस्किएँ । खोला तरिसकेपछि रिस उठेर उसलाई उतै धकेलिदिएँ,’ कल्पनालाई उद्धृत गर्दै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘पछि माया लागेर बचाउन त खोजेँ तर खोलाले बगाएर लगिसकेकाले भेटिन ।’

नाबालकको यसरी हत्या हुनुको मुख्य कारण गरिबी नै हो । अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको एसपी केसीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...