भुतले तर्साएको भन्दै श्रीमतीकै टाउकोमा गरे खुकरी प्रहार

Khukuri prahaer

ओखलढुंगा । खिजीदेम्वा गाउँपालिकामा ‘भूत लखेट्ने’क्रममा एक श्रीमान्ले झटारो हानेको खुकरी आफ्नै श्रीमतीमाथि बज्रिएको छ ।

खिजीदेम्बा–८ भूसिंगाका ३८ वर्षीय हितबहादुर बिकले भूतलाई तर्साउन हानेको खकुरी आफ्नै श्रीमतीलाई लागेको हो । गत राति उनले भूतले तर्साएको भन्दै खकुरी निकालेर प्रहार गरेका थिए ।

स्थानीयले बताएअनुसार भूतले तर्साएजस्तो देखेर खकुरी प्रहार गर्दा खुकुरीले आफ्नै श्रीमती गीतामायालाई लागेको थियो । भूतलाई हानेको खकुरी शरीरमा लाग्दा गीतामायाको टाउको, ढाड र पाखुरामा गहिरो चोट परेको छ ।

घटनापछि गीतमायाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनलाई अहिले काठमाडौं थप उपचारनिम्ति पठाइएको जिल्ला प्रहरीका प्रमुख अनन्तराम शर्माले जानकारी दिए ।

प्रहरीले खकुरी प्रहार गर्ने हितबहादुरलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...