जेलबाट ४ सय कैदी फरार

Kaidi farar

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय बन्दी फरार भएका छन् ।

सरकारी सुरक्षाकर्मीहरु र लडाकूबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् ।

‘ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्,’ न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएको बताइएको छ ।

बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डलाई पन्छाउँदै भाग्न सफल भएको समाचारमा जनाइएको छ । कैदीहरुले तर्साएपछि जेलका सुरक्षाकर्मीहरू आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ ।

फरार कैदीहरुको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अधिकांश फरार कैदीहरू लिबियाका पूर्व शासक मुहम्मद गद्धाफीका समर्थक रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...