सामूहिक हत्याको रिपोर्टिङ गरेका पत्रकारलाई ७ वर्ष जेल

Journalist 414x300

काठमाडौं । म्यानमारको एक अदालतले दुई पत्रकारलाई ७ वर्षको जेल सजाय तोकेको छ ।

अन्तर्रा्ष्ट्रिय समाचार एजेन्सी रोयटर्सका पत्रकारलाई राज्यको कानून उल्ङघन गरेको भन्दै सजायको आदेश दिएको हो ।

पत्रकार वा लोन र युवा सिओ ओलेले राज्यका गोप्य दस्ताबेजहरुबारे खुलासा गरेको याङगुनको उत्तरी जिल्ला अदालतका न्यायाधीश यी लुइनले बताएका छन् । दुई प्रहरी अधिकारीले उत्तरी याङगुनको एक रेष्टुरेन्टमा ति पेपरहरु हातमा थमाएको र त्यसको केही क्षणमै अन्य अधिकारीले पक्राउ गरेको पत्रकारहरुले बताएका छन् ।

रोयटर्सका सम्पादक स्टेफन जे एडलरले म्यानमारमा जे भयो त्यसले दुखी बनाएको बताएका छन् , उनले भने,‘यो म्यानमार र विश्व प्रेस जगतका लागि दुखको विषय हो ।’ अदालतले सजाय दिएका पत्रकारहरुले रोहिंग्या शरणाथीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरुले रोहिंग्याहरुको सामूहिक हत्याबारे अनुसन्धान मुलक समाचार प्रकाशन गरेका थिए ।

‘हामीलाई कुनै डर छैन’ वा लोनले भनेका छन्,‘मैले कुनै गल्ती गरेको छैन । म न्याय, प्रजातन्त्र र स्वतन्त्रतामा विश्वास गर्छु ।’ हिंग्यामाथि गरिएको दमनका कारण नोवेल शान्ति पुरस्कार विजेता म्यानमारकी विदेशमन्त्री आंङ साँङ सुकीमाथी राजीनामाको दवाव पर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...