म्यानमारमा करिब ५ लाख बाल सैनिक, पक्राउ परेका ७५ जना रिहा

Balbalika sainik pakrau

म्यानमार । म्यानमारको सेनाले ७५ जना बाल सैनिकलाई रिहा गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । चरणबद्धरुपमा बाल सैनिकलाई रिहा गर्ने क्रममा यस वर्ष पहिलो चरणमा उनीहरुलाई रिहा गरिएको समाचारमा जनाइएको छ ।

म्यानमारमा अहिले कति बालसैनिक छन् भन्ने एकिन तथ्याङ्क नभएपनि झण्डै पाँच लाख बाल सैन्य लडाकू रहेको अनुमान गरिएको छ ।

सन् २०१२ मा संयुक्त राष्ट्रसंघसँग भएको सम्झौताअनुसार सेनाले बालबालिका र बयस्क गरी ९२४ जनालाई रिहा गरेको राष्ट्रसंघीय निकाय युनिसेफले शुक्रबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

रिहा भएका बालबालिकालाई पुर्वस्थापना कार्यक्रम मार्फत् पूर्ववत् अवस्थामै पुर्याउने प्रक्रिया थालिने युनिसेफको भनाइ छ । विज्ञहरुका अनुसार बालबालिकालाई युद्धमा होमिन दबाव आउने गरेपछि बाध्य भएर उनीहरु युद्धको चेपुवामा परेका थिए ।

अपहरणमा परेका बालबालिका विषेश गरेर पार्क, रेल स्टेशनलगायतका सार्वजनिक ठाउँबाट नियन्त्रणमा लगिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...