अमेरिकाले प्यालेस्टेनी शरणार्थीलाई दिइएको सहयोग बन्द

Us 539x300

काठमाडौं । अमेरिकाले प्यालेस्टेनी राष्ट्रसंघीय राहत कार्य विभागमार्फत दिँदै आएको सम्पूर्ण सहायता बन्द गर्ने निर्णय गरेको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गत प्यालेस्टाइनी शरणार्थी संस्थाहरुलाई दिँदै आएको सहयोग बन्द गर्ने निर्णय गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रसंघीय सहायता तथा कार्य एजेन्सीले भने यस कदमलाई अत्यन्तै निराशा जनक र गलत निर्णय भएको टिप्पणी गरेको छ । सो विभाग काम नलाग्ने भएको भन्दै यसअघि प्रदान गर्दै आएको रकम बन्द गर्ने निर्णय अमेरिकाले गरेको हो ।

आफ्ना कामहरु सूक्ष्म ढंगले हेरेको र अमेरिकाले अब कुनै पनि थप सहायता उपलब्ध नगराउने निर्णय गरेको अमेरिकी प्रशासन प्रवक्ता हिथर नअर्टले बताए । यता प्यालेस्टेनी राष्ट्रपतिका प्रवक्ता नविल अबु रुदेईनाले अमेरिकी सो निर्णय प्यालेस्टेनी जनताप्रति घातक भएको प्रतिक्रिया दिएको बी.बी.सीले उल्लेख गरेको छ ।

राष्ट्रसंघ अन्तर्गतको सो विभागले शरणार्थी बालबालिकाको स्वास्थ्य शिविर तथा अन्य आपतकालिन सहायताका लागि सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...