नेपाल प्रहरीको हिरासतमै स्वतन्त्र मधेश गठबन्धनका नेता यादवको मृत्यु

Dead body

बर्दिया । बर्दिया जिल्ला प्रहरीको हिरासतमा रहेका बाँके गनापुर कपासी जानकी गाउँपालिका ६ बस्ने स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्लाका नेता राम मनोहर यादवको हिरासत मैं मृत्यु भएको छ ।

उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा भाद्र १५ गते राती करीब २ बजे बाटोमै मृत्यु भएको भएको हो ।

बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भए पछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

यादव सहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई नेपाल प्रहरीले भाद्र ७ गते बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री श्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरी राज्यविप्लवको मुद्दामा म्याद थप गरिको थियो ।

३० वर्षीय यादवका २ छोरा र १ छोरी छन् भने बुवाको मृत्यु भइसकेको छ ।

(फेसबुकबाट)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...