घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न, सन् २०३० सम्ममा गरिवी अन्त्य हुने

Bimestec 548x300

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो । सम्मेलनमा सहभागी सातै देशका राष्ट्र र सरकार प्रमुखले कनेक्टीभिटीलाई जोड दिएका छन् । बिमस्टेक राष्ट्रहरुबीच राजमार्ग, रेल मार्ग, हवाई तथा जल मार्ग तथा विद्युत प्रसारण लाइनमार्फत जोड्ने विषयमा सहमति भएको छ ।

त्यसैगरी सदस्य राष्ट्रहरुबीच सन् २०३० सम्म यस क्षेत्रबाट गरिवीको अन्त्य गर्ने कुरामा पनि सहमत भएका छन् । जुन राष्ट्र संघको दीर्घकालिन विकास लक्ष्य अनुरुप रहेको छ । बिमस्टेकका सदस्य राष्ट्रहरुबीच आतंकवाद र यससंग सम्बन्धित सबै प्रकारका कार्यहरुसंग लड्नका लागि सामुहिक पहल गर्ने कुरामा सहमति भएको छ । यसमा आतंकवादमा लगानी पनि रहेका छन् ।

यस्तै घोषणा पत्रमा कृषि प्रविधिलाई साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्ने, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण गर्दै लगिने, व्यापार र लगानी बढाउने, बिमस्टेक भिषाको लागि सहजीकरण गर्ने लगायतका विषय समेटिएको छ ।

आज अपरान्ह ४ बजे नेपाल र भारतबीच दुईपक्षीय सम्झौता हुँदै छ । जनकपुर–काठमाडौं रेलवे को अध्ययन सम्भाव्यतामा सम्झौता हुँदै छ भने भोलि शनिबार श्रीलंकासँग पनि केही विषयमा सम्झौता हुने परराष्ट्र स्रोतले जनाएको छ ।

आजै बिहान भएको थाइल्यान्ड र नेपाल बीचको दुईपक्षीय बैठकमा थाइल्यान्डले १९ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो । भूकम्पकै बेला दिने भनेर थाइल्यान्डले भने पनि विविध कारणले दिन नसकिएको जनाएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...