बम दिदीबहिनीलाई एक हप्ताको म्याद थप

Districtcourtkanchanpurandnirmalapant

भीमदत्तनगर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई बिहिबार एक हप्ताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत बलात्कार पछि हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् ।

उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको बलात्कार पछि हत्या गरी उखुबारीमा शव फालिएको थियो ।यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो ।

म्याद थप गरिएसँंगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...