एक महिला पत्रकारको घाटी रेटी हत्या

Banglades

बंगलादेश । बंगलादेशमा एक पत्रकार महिलाको घाँटी रेटेर हत्या भएको छ ।

३२ वर्षीया पत्रकार सुवर्णा नोन्दीको घरमै पसेर अज्ञात समुहले हत्या गरेको हो । उनी बंगलादेशको आनन्द टीवी च्यानलमा कार्यरत थिइन् भने उनी डेली जाग्रतो बंगला र बीडीन्यूज २४ डटकममा पनि काम गर्ने गर्द्थिन् ।

त्यहाँस्थित प्रहरीका अनुसार सुवर्णमाथि १० देखि १२ बजेकोबीचमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले आक्रमण गरेर फरार भएका थिए । प्रहरीका अनुसार सुवर्णामाथि धारिलो हतियारले आक्रमण गरिएको छ ।

उनलाई स्थानीयले अस्पताल पुर्याएको केही समयमै चिकित्सकहरुले मृत घोषित गरेको थियो । अहिले फरार आक्रमणकारीहरुको खोजिकार्य भइरहको अधिकारीहरुले जनाएका छन् । सुवर्णाको नौ वर्षकी एक छोरी छिन् भने उनी आफ्ना पतिसँग सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...