बिमस्टेकमा आएका पाहुनाका लागि शितल निवासमा दिवाभोज

Bimstec pahuna

काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुख शितल निवास गएका हुन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बिहीबार शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छिन् । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...