समाजवादी कांग्रेसले किन रातारात बाड्यो पर्चा ?

Samajbadi nc

काठमाडौं । भारतीय प्रधानमन्त्री नेन्द्र मोदीको नेपाल आवगन भइसकेको छ । अघिल्लोपटक मोदी आउँदा जसरी विरोध भयो, अहिले भएको छैन । तथापि धेरैले मोदी नीतिप्रति प्रश्न उठाएका छन् ।

त्यसमा पनि मोदी आउँदा भारतीय सुरक्षाकर्मीको कमाण्डो ल्याइएकोप्रति आम नेपालीको चासो बढेको छ । सामाजिक सञ्जालहरुमा वेलायत जस्ता शक्तिशाली राष्ट्रका प्रमुखलाई सुरक्षा दिनसक्ने गोरखालीप्रति भारतले किन विश्वास गरेन भनेर आलोचना पनि गरेका छन् ।

त्यति मात्रै होइन, बिमस्टेक सुरु हुन लागेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विषेश सल्लाह भन्दै रातारात पर्चा बाडियो । सो पर्चामा भारतीय सेनाको आगमन र सीमाको कुरा उठाइएको छ ।

सो पार्टीद्धारा वितरित पर्चामा नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन स्वागतयोग्य छ भनिएको छ । तर, सो पर्चामा ‘विशिष्ट विदेशी पाहुनासँग भारत नियन्त्रित नेपालका सीमा स्तम्भ व्यवस्थापन गरिदिन र नेपाली भुभाग कालापानीमा राखिएका भारतीय सेना हटाईदिन समेतको विषय उठान गरिदिन अनुरोध गर्दर्छौ’ भनिएको छ ।

नेपाल समाजवादी कांग्रेसले बुधबार साँझ र बिहीबार विहान काठमाडौंको व्यस्त ठाउँमै पर्चा वितरण गरेर नेपालमा मिचिएका सीमा सुरक्षाको कुरा उठाएको हो ।

सो पार्टीले काठमाडौंको गौशाला, नयाँ वानेश्वर, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर लगायतका ३५ ठाउँबाट पर्चा वितरण गरेको छ । विश्वको सुरक्षा गर्न सक्षम नेपाली सेना माथिको भारतीय अविश्वास घिनलाग्दो भएको नेपाली नेता र नेपाल सरकारले गर्ने गरेको भारतीय दलाली झन घिनलाग्दो भएकाले विभिन्न ठाउँमा पर्चा वितरण गरिएको सो पार्टीका सचिव मानबहादुर गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...