सुन तस्करीमा संलग्न थप पाँच जनालाई थुनामा राख्न आदेश

Gold

विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सुन तस्करी प्रकरणमा विमल पोद्दार, सञ्जय खेतान, राजकुमार दारुगा, इम्तियाज उद्दिन, अबु सलमान खान, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगानाविरुद्ध दोस्रो पूरक अभियोग जिल्ला अदालत मोरङमा दर्ता गरिएको थियो ।

विमल, सञ्जय, राजकुरमार, इम्तियाज र अबु सलमानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...