कसरी भयो ‘भिभिआइपी’ को सुरक्षामा खटिएको कारगेड दुर्घटना ?

Karged accident

काठमाडौं । बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भयो । भिभिआइपिको सुरक्षाकै लागि खटाइएको कारगेड दुर्घटना कसरी भयो भनेर सबैले चासो पनि दिए ।

नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने मोटरसाइकललाई सरकारले मर्मत सम्भार गरेर सञ्चालन गर्न दिएको निर्देशन दिएको थियो । प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना भयो ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको थियो ।

‘बाटो सहज अवस्थामा थियो मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको मुभमेण्टमा खटिएकाले अनुभवि नै हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो यसलाई हामीले दुःख मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’ नेपाल प्रहरी प्रशासन विभागअन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ।

उनका अनुसार, सरकारलाई यो विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्नेसमेत जनाइएको थियो । तर अर्थ मन्त्रालयले बजेट अभाव देखाएर मोटरसाइकल खरिद रोकेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...