काका ससुरा हत्या आरोपमा पक्राउ

Pakrau tukhabar 11

सिमरा । बारा जिल्लामा बुहारीको हत्यामा संलग्न भएको अभियोगमा काका ससुरा पक्राउ परेका छन् ।

महागढिमाई नगरपालिका–६ का चोकट सहनीलाई बारा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।अभियुक्त साहनीले १७ कार्तिक २०७० मा सोही स्थानका वृजकिशोर सहनीकी २१ वर्षे श्रीमती खश्वुदेवी सहनीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्धाका अभियुक्त चोकट पाँच वर्षदेखि फरार थिए ।

प्रहरीका अनुसार अभियुक्त चोकटसहित आफन्तले नै खुश्वुको हत्या गरी बरियारपुरस्थित भुतही खोलामा गाडेका थिए । अभियुक्तमध्ये चोकटलाई आफ्नै घर वरीपरी लुकीछिपि रहेको अवस्थामा शुक्रबार पक्राउ गरी मंगलबार पुर्पक्षका लागि कारागार कार्यालय, पर्सा पठाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...