मोदी आउँदा आज नेपाली आकास र सडक ठप्प बनाइने

Tribhuvan international airport

काठमाडौं । निक्कै तामझामका साथ आज बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्दैछन् ।

नेपालले पाएको यो पहिलो अवर पनि हो । तर, यो सम्मेलनमा विदेशी पाहुना आउँदै गर्दा नेपाली आकाससमेत ठप्प बनाइदैछ । विदेशी पाहुनाको सुरक्षाका लागि भनेर सुरक्षा व्यवस्था बलियो बनाउन नेपाली आकासमा कुनै पनि हवाई जहाज देखिने छैनन् ।

त्यति मात्रै होइन, पाहुना हिड्ने बाटोमा कुनै यात्रीसमेत देखिने छैनन् । विदेशी पाहुना हिड्ने रुटमा सवारी साधन त चलने छैनन् नै, पैदल यात्रुलाई समेत रोक लगाइने छ ।

बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज लगायतका भारतीय प्रतिनिधी मण्डलको टोली विशेष विमानबाट बिहीबार काठमाडौं आउँदै छ ।

भारतीय प्रधानमन्त्री मोदी साँढे ८ बजे आउने छन् । उनी आउनुभन्दा १५ मिनेट अगाडिबाट सबै उडान तथा अवतरण बन्द गरिनेछ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना बिहान ९ बजेर १५ मिनेटमा विमानस्थल आइपुग्ने कार्यक्रम छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा शेख आएको एक घन्टा पछाडि १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन् ।

भारतीय प्रधानमन्त्री मोदी चार्टर गरिएको विशेष फ्लाइटमार्फत आउनेछन् भने बंगलादेशकी प्रधानमन्त्री हसिना विमान बंगालको नियमित उडानमार्फत आउनेछिन् । थाइल्यान्डका प्रधानमन्त्री वचा चार्टर उडानमार्फत काठमाडौं आउनेछन् ।

८ बजेर १५ मिनेटदेखि साँढे १० बजेसम्म नियमित उडान तथा अवतरण हुने छैनन् । यो करिब दुई घण्टाको समयमा २५ वटा नियमित फ्लाइट अवरुद्ध हुनेछन् ।

बिमस्टेकको सुरक्षाको बहानामा विभिन्न देशका सुरक्षाकर्मीको फोर्स नेपाल आइसकेका छन् । तर, भारतीय प्रतिनिधि मण्डल नेपाल आउनुअघि नै भारतीय सुरक्षा कमाण्डो नेपाल आइसकेको छ ।

यसअघि सो सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् ।

बिमस्टेकको पहिलो शिखर सम्मेलन ३१ जुलाई २००४ मा थाइल्यान्डमा, दोस्रो १३ नोभेम्बर २००८ मा भारतमा र तेस्रो ४ मार्च २०१४ मा म्यानमारमा सम्पन्न भएको थियो । चौथो सम्मेलनले पाँचौँ सम्मेलन गर्ने श्रीलंकाको चाहनालाई अनुमोदन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...