आज बिमस्टेक सम्मेलन सुरु हुने, यस्तो छ कार्यतालिका

Ktm bimstec

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । त्यसका लागि मंगलबार सचिव स्तरीय र बुधबार परराष्ट्र मन्त्री स्तरीय बैठक भएको छ ।

बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । परराष्ट्र मन्त्रालयको कार्यक्रम तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेट मन्तव्य दिनेछन् ।

ओलीले मन्तव्य दिएपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् । बिहीबार पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ ।

बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन् ।

शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकार प्रमुख एवं राष्ट्र प्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।

शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् । सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।

शुक्रबार बिमस्टेकको घोषणापत्र जारी भएपछि पाचौं सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे राष्ट्रपति सिरिसेनाले राख्ने र पारित गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य दिनेछन् भने फोटोसेसनसहित १२ः३० बजे सम्मेलन सम्पन्न हुनेछ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...