आज कस्तो छ तपाईको भाग्य ? थाहा पाउन हेर्नुस् राशीफल

Bishnu bhagawan bihibar rashi

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन अल्छीलाग्दो हुनेछ र गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, तर आफैं अघि नसरी सोचेको काममा सफलता मिल्दैन, त्यसैले आलस्य त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । लापरबाही गरेमा बन्नै लागेको काममा समेत बाधा पुग्नसक्छ । बन्दव्यापार वा रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ, तर अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन । सानातिना कुरामा अल्मलिने समय छैन, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक समस्या झेल्ने परिस्थिति सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मध्यम खाले समय छ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...