बाजेको सेकुवालाई सर्वाेच्चको क्लीन चिट

Bajeko sekuwa

काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुवाका शाखाहरुमा छापा मारी सिलबन्दी गर्‍यो ।

सरकारले गरेको सिलवन्दीविरुद्ध बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीले गत भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरिन् ।

सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा नाता पर्ने चेतनले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले गत जेठ ३० गते छापा मारेको थियो ।

समितिले काठमाडौंका विभिन्न स्थानमा रहेका बाजेको सेकुवा कर्नरमा छापा मारी सिलबन्दी गरेको थियो । सुन तस्करीबाट आर्जित गरेको सम्पत्ति बाजेको सेकुवामा लगानी गरेको भन्दै समितिले पसलमा सिलबन्दी गरेको थियो ।

तर, साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएको सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गर्‍यो ।

गृह मन्त्रालयको छानबिन समितिले गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ ।

उनीविरुद्धको मुद्दा अदालतमा बिचाराधीन रहेकै अवस्थामा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले बुधवार बाजेको सेकुवाका शाखाहरुमा लगाइएको सिलवन्दी हटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...