कुनकुन देशबाट किन आए कमाण्डो फौज ?

Indian army

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथौं सम्मेलन बिहीबार भब्य रुपमा उद्घाटन हुँदैछ ।

नेपाल जस्तो देशले बिमस्टेक सम्मेलन गर्न सक्नु खुसीको कुरा पनि हो । तर, बिमस्टेकको बहानामा विभिन्न देशका सुरक्षाकर्मीको फोर्स नेपाल आएको छ ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज लगायतका भारतीय प्रतिनिधी मण्डलको टोली विशेष विमानबाट बिहीबार काठमाडौं आउँदै छ । तर, भारतीय प्रतिनिधि मण्डल नेपाल आउनुअघि नै भारतीय सुरक्षा कमाण्डो नेपाल आइसकेको छ ।

डेढ सयभन्दा बढी भारतीय सेनाका कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षार्थ भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फोर्स काठमाडौं आएको छ ।

सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवगमन स्थल वरपर तैनाथ छन् । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...