वडा अध्यक्ष हुन् त यस्तो, जसले आफ्नो गाँस काटेर गरे सहयोग

Dkt belahara 1

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज रायमाझी (सन्दिप) जिल्लामा चर्चाका पात्र बनिरहेका छन् । जसले आफ्नो वडाको विकासका लागि हर प्रयास गरिरहेका छन् ।

उनी जहिले पनि आफ्नो वडाको विकासका लागि सबैसँग हात फैलाइरहेका हुन्छन् । उनी कहिले काठमाडौं त कहिले नगरपालिकासँग पनि आफ्नो वडाको विकासका लागि विभिन्न योजनाहरु मागिरहेका हुन्छन् ।

उनले बुधबार मात्रै पनि आफुले पाउँदै आएको सेवा सुविधाबाट पैसा जोगाएर वडाबासीलाई सहयोग पुगोस् भनेर बेलहारा स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग गरे । उनले २१ हजार बरावरको रेफ्रिजेनेरेटर (फ्रिज) र ४५ सय बरावरको सेफ नेबुलाईजर सहयोग गरे । जुन बच्चाहरुलाई वाफ दिन प्रयोग गरिन्छ ।

‘औषधी राख्ने फ्रिज र वाफ दिने मेसिन नहुँदा गाउँका आमा र नानीहरुले हप्तौ धरानस्थित बिपी मेमोरियल अस्पतालमा बस्नुपर्ने बाध्यता थियो’ रायमाझीले भने, ‘अब साना नानीहरुलाई यहि उपचार हुने ब्यवस्था भएपछि समय र पैसा बचत दुबै बच्ने छ ।’

उनले सो सहयोगसँगै एक थान कलर टिभी, एक थान सिलिङ फेन र एक थान टर्च लाईट हस्तान्त्रण गरे । जुन उनले सहयोग संकलन गरेर ल्याएका थिए । यी सबै सामग्रीहरु स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष कृष्ण राया र स्वास्थ्य चौकी ईन्चार्ज सरला कुमाललाई हस्तान्तरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...