कर फिर्ता गराउन धनकुटा कांग्रेसले बुझायो ज्ञापन

Nc dkt

धनकुटा । जनता मारा कर फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेस धनकुटाले सहिदभूमी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय तहले जनताले तिर्नै नसक्नेगरी कर वृद्धी गरेको भन्दै नेपाली कांग्रेसले सहिदभूमी गाउँपालिकाका प्रमुख मनोज राई र उपप्रमुख रत्नेश्वरी राईलाई कर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउको छ ।

नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, पूर्व महासमिति सदस्य शिवकुमार राई, नेपाल तरुण दल धनकुटाका क्षेत्रीय अध्यक्ष तिलक महत, नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका समन्वय समितिका संयोजक तीर्थ राई, शहिदभूमी गाउँपालिका कार्य समितिका संयोजक शेरबहादुर राई, सहसंयोजकहरु लक्ष्मण राई, तोर्ण खड्का, सदस्य सचिव रुद्र राई लगायतले संयूक्त रुपमा ज्ञापन पत्र बुझाए ।

सो ज्ञापन पत्र बुझ्दै गाउँपालिका प्रमुख मनोज राईले सबैसँग परामर्श गरी बढी भएको कर समायोजन गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...