रौतहट डुंगा दुर्घटनाको छानविन गर्न समिति गठन

Dhunga 1

गौर । गौर नगरपालिका–४ टिकुलियाको बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।

गत शनिबार बेलुकी ७ बजे डुङ्गा सवार यात्रीमध्ये पाँचको ज्यान गएको र २० जना उद्धारपछि घर फर्केका थिए ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्ने उद्देश्यले सहायक प्रजिअ धर्मानन्द जोशीको संयोजकत्वको सो आयोगमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखा , सडक डिभिजन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका एकजना प्रतिनिधि रहेका छन् ।

डुङ्गा दुर्घटनामा निधन भएकामध्ये हालसम्म गौर नगरपालिका–४ का ६५ वर्षीया शान्तिदेवी साह, ओमप्रकाश चन्द्रवंशी, गौर नगरपालिका औरैया की ३५ वर्षीया रुनादेवी पटेलको शव फेलापरेको छ, तिन जना अझै बेपत्ता रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...