अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने

Bimstec ministreal

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुबीच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने सहमति बनेको छ ।

बुधबार काठमाडौंमा बसेको विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबीच अन्तराष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

सो बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरी लगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिए ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको छ । बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप पनि दिएको छ ।

बैठकमा परराष्ट्र मन्त्री ज्ञवाली, भारतका बाह्य मामिला राज्यमन्त्री विजयकुमार सिंह, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याब तीन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, भुटानका विदेश सचिव सोनामा छोङ र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय सभहागी थिए ।

बिहीबार प्रधानमन्त्री केपी ओलीले विमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्ने छन् । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...