गृह जिल्लामा बामदेवलाई भोट मागेकै हुन् त धनबहादुर बुढाले ?

Dhan bahadur budha

डोल्पा । अहिले नेपाली राजनीति वृत्तमा एउटा विषय चर्चा चलेको छ । त्यो हो बामदेव गौतमको उम्मेदवारी र धनबहादुर बुढाको राजीनामा ।

गत प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका बामदेव गौतमलाई सांसद बनाउन अनेकौ खेल भइरहेको छ । सम्भवतः संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढा गौतमलाई सांसद बनाउन बुढाले राजीनामा दिनेछन् र गौतम डोल्पाबाट निर्वाचनमा भाग लिने छन् ।

सोही चर्चा चलिरहेका बेला गृहजिल्ला डोल्पा पुगेर वामदेव गौतमलाई भोट मागेर फर्किए । गृहजिल्ला पुगेर फर्किएका बुढाले मतदाताको राय लिएपछि राजीनामा दिने मनस्थिति बनाएर काठमाडौं फर्किएका छन् ।

भोट मागे बुढाले 
बुढाले अहिले नै राजीनामा दिएका छैनन् । तर, उनले मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि बामदेवका लागि भोट पनि मागे । जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।

‘मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछुु, उनले भनेका छन् । राज्यमन्त्री बुडाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गरे ।

बुढाले मतदातासँग गौतमका लागि मत नै मागिसकेको अवस्थामा अब चाँडै उपनिर्वाचन हुने र सो उपनिर्वाचनमा डोल्पाबाट बामदेव गौतम प्रतिष्पर्धामा उत्रिने सम्भावना बढेको छ ।

बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...