बस दुर्घटनामा एक जनाको मृत्यु, २५ घाइते

A

काठमाडौं । धनकुटाको कोलबोटेमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन् । 

सुनसरीको इनरुवाबाट धनकुटा नमस्ते झरना आउँदै गरेको बस साँगुरीगढी–६ कोलबोटेमा ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र ९ का ४८ वर्षीय राजेन्द्र चन्द्रबंशी रहेका छन् । घाइतेहरुको बीपी कोइराला मेमोरीयल अस्पताल धरानमा उपचार भइरहेको छ । बसका चालक सुनसरी प्रकाशपुर बराहका भीमसेन कविरथको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...