चौरजहारी विमानस्थल हवाईसेवा १५ महिनादेखि बन्द, बिरामीलाई सास्ती

Biman air 1

रुकुम । रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ ।

हवाईसेवा बन्द हँुदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् । विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ ।

हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताए ।

उनले भने, ‘कम्तीमा हप्तामा एक पटक उडान भर्न प्राधिकरणसँग पहल भइरहेको छ,’ केही समय अगाडि ४ करोड ५० लाख खर्च गरी उक्त विमानस्थल कालोपत्र गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...