छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सीपल पक्राउ

Aaa

बुटवल । बुटवलको निजी स्कुलका प्रिन्सीपललाई छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएका छन् ।

छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाको अनुसन्धान गर्न बाँकी रहेको र विद्यालयका प्रिन्सीपललाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अमर थापाले बताए । १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय बन्द गरिएको छ ।

अभिभावकले घेरेपछि विद्यालयमा पठनपाठन हुन सकेको छैन् । प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन् ।‘मलाइ फसाउने षडयन्त्र गरिएको छ, यो बिल्कुलै गलत कुरा हो बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...