हत्या गरी ५ वर्षदेखि फरार रहेका अभियुक्ती पक्राउ

Pagal haru

वीरगञ्ज । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

बाराको महागढीमाई नगरपालिका ६ का चोकट सहनीले २०७० कात्तिक १७ गते बाराको साबिक पत्रहट्टी गाविस ९ कि २१ वर्षकी खुश्बुदेवी सहनीको हत्या गरेको आरोपमा पक्राउ परेको हो ।

नातामा काका ससुराको छोरा पर्ने चोकट सहनीले खुश्बुको हत्या गरी शवलाई भुतही खोला किनारमा गाडेका थिए ।

गाउँघरमै लुकेर बसेको थाहा पाएपछि प्रहरीले भदौ ८ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

बारा जिल्ला अदालतको आदेशनुसार चोकट सहनीलाई पुर्पक्षको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...