गुगल फेसबुक र ट्वीटरप्रति ट्रम्पको आपत्ति

Bbc

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमा खोजी गर्दा वाम झुकाव राख्ने खालको परिणामहरू मात्र धेरै देखिने भन्ने आरोप लगाएका छन् । तर त्यो आरोप सत्य नभएको गुगलले बताएको छ ।

ट्रम्पले गुगलमा खोज्दा देखाउने सामाग्रीहरू धाँधलीपूर्ण रहेको भन्दै त्यसबारे आफूले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् भने गुगलले भने ट्रम्पको आरोप अस्वीकार गरेको छ ।ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गुगलले धेरै मानिसबाट धेरै फाइदा लिएको बताए ।तर यो निकै गम्भीर विषय भएको बताएका छन् ।

गुगललाई लगाएको दोषमा फेसबुक र ट्वीटरलाई पनि मिसाउँदै ट्रम्पले उनीहरू निकै सचेत रहनुपर्ने र त्यसबारे आफूहरूलाई थुप्रै उजुरीहरू आइरहेको बताएका छन् ।आफूले कस्तो कारबाही गर्ने भन्ने चाहिँ उनले खुलाएनन् ।

त्यसअघि गुगलबारे ट्रम्पका उच्च आर्थिक सल्लाहकार ल्यारी कड्लोले ह्वाइट हाउस प्रशासनले त्यसको नियमनबारे आफूहरूले हेरिरहेको र त्यसबारे अनुसन्धान र विश्लेषण गर्ने बताएका थिए ।

एउटा विज्ञप्तिमा गुगलले २ सय भन्दा बढी नामहरूको साइटले खोजीका क्रममा सबैभन्दा माथि के देखाउने तय गर्ने जनाएको छ । बिबिसि

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...