राजनीतिको आडमा ठेकेदारी, नेताले नै गर्छन कामचोर ठेकेदारको बचाउ

Rautahat dunga news

काठमाडौ‌ । शनिबार साँझ रौतहटको लालबकैया नदीमा अलपत्र पुलको पिलरमा डुँगा ठोक्किएर दुर्घटना भयो । पुलको ठेक्का लिएको ठेकेदारले समयमै काम नगरी अलपत्र छोडिदिँदा कैयौंले ज्यान गुमाउनुपर्ने अवस्था छ ।

तर, राजनीतिको आडमा ठेकेदारी गरेर जनतालाई जोखिममा हाल्नेहरु कारवाहीको दायरामा आउँदैनन्, बरु उच्च नेतृत्वबाटै संरक्षण पाउँछन् ।

समयमै काम नसक्ने एक ठेकेदारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कारबाहीको कुरा गरेनन्, बरु सरकारले चाँडै रकम निकासा नगरेकाले पुल अलपत्र परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा उनकै बचाउ गरे ।

ती ठेकेदार हरिनारायण रौनियार हुन्, जो राउतकै पार्टी संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसदसमेत हुन् । ठेकेदारबाट राजनीतिमा छिरेका रौनियारको पप्पु कन्स्ट्रक्सनले तराई–मधेसमा अनेकौं सडक र पुल निर्माण काम अलपत्र छाडेको छ ।

राजनीति आडमै ठेक्का पाउने र निर्माणमा ढिलाइ गर्दा धनुषा, सिरहा, सर्लाही, रौतहट र पर्सामा निर्माणाधीन पुल र सडक बन्न सकेका छैनन् । त्यस्ता ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन केन्द्र सरकार जुर्मुर्‍याएका बेला रौनियारले भने पार्टीको धाप पाएका छन् ।

लालबकैया नदीको टिकुलिया घाटमा गएको शनिबार राति भएको डुंगा दुर्घटनापछि राउत घटनास्थल पुगेका थिए । उक्त घाटमा पुल निर्माणको जिम्मा लिएको रौनियारको पप्पु कन्स्ट्रक्सनले एक वर्षअघि नै सकिनु पर्ने थियो ।

पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा ठेक्का सकार गरेको थियो । ०७४ असार २५ भित्र काम सक्ने सम्झौता थियो ।

एक वर्षदेखि निर्माणको काम बन्द गरी पुल अलपत्र छाडेको छ । टिकुलिया घाटको बन्जारास्थित खेतमा काम गरी फर्केकाहरू शनिबार राति डुंगा दुर्घटनामा परेका थिए ।

पप्पुका अलपत्र योजना र ठेक्का रकम

–डुडुवा नहर, ९८ करोड ८१ लाख

–हरिवन–कौडेना सडक कालोपत्रे, १७ करोड ९२ लाख

–टिकुली पुल, १४ करोड ९३ लाख

–कमला पुल, २८ करोड १५ लाख

–रातु पुल, १४ करोड ६४ लाख

–औरही पुल, १२ करोड २९ लाख

–तिलावे पुल, ३ करोड ३१ लाख

–नौरंगिया पुल, २ करोड ९८ लाख

–फुलजोर पुल, १२ करोड २५ लाख

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...