अमेरिकाले लगाएको प्रतिबन्ध विरुद्ध आइसीजेमा उजुरी

Sua n

द हेग । संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लो पटक लगाएको प्रतिबन्ध पक्षपातपूृर्ण रहेको भन्दै राष्ट्रसंघको उच्चअदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई सुरु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताअघि इरानमाथि एकपक्षीय कडा प्रतिबन्धहरुको घोषणा गरेका थिए । सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरी ट्रम्पले इरानमाथि नया प्रतिबन्धहरु लगाएका हुन् ।

दोस्रो चरणका यी प्रतिबन्धहरु नोभेम्बरको शुरुदेखि नै लागू हुँदैछन्, र प्रतिबन्धहरुले खासगरी इरानी तेल र ऊर्जा क्षेत्रलाई लक्षित गरेको छ । तेहरानले जुलाईमै अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दर्ता गरेको थियो ।

इरानले हेगमा रहेको ट्रिबुनल समक्ष अमेरिकी प्रतिबन्धहरु तत्काल हटाउन माग गरेको छ । इरानको भनाई छ, ‘प्रतिबन्धले इरानमाथि अपूरणीय पक्षपात गरेको छ ।’

तेहरानले अमेरिकासँग यस्तो प्रतिबन्धात्मक कारबाही गर्ने कुनै अधिकार नरहेको भन्दै हानिनोक्सानी भएमा त्यसको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने जनाएको छ।

इरानले आणविक महत्वाकाँक्षालाई सीमित गर्नेगरी सन् २०१५ माभएको ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेसँगै इरानमाथिका कतिपयप्रतिबन्धहरु फुकुवा भएका थिए।

राष्ट्र राष्ट्रबीचका विवादहरु सुल्झाउन सन् १९४६ मा स्थापना भएको आइसीजेले तेहरानका सम्बन्धमा अन्तरिम फैसला सुनाउन केही महिना लगाउने देखिन्छ । अन्तिम फैसला आउन वर्षौं लाग्न सक्दछ।

ट्रम्पले ‘इरानको पारमाणविक बमनिर्माण गर्ने मार्गलाई पूर्णतः रोक्ने मुख्य उद्देश्य हासिलगर्न असफल रहेको एकपक्षीय सम्झौता’आफूलाई मान्यनहुने भन्दै सम्झौताबाट अलग्गिएको घोषणा गरेका थिए।

सन् २०१५ को यो सम्झौतामा राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु सहितजर्मनीले हस्ताक्षर गरेका थिए। सम्झौतामा हस्ताक्षर गर्ने राष्ट्रहरुले अनुरोध गरेपनि ट्रम्पले सम्झौता खारेज गरी नयाँ प्रतिबन्धहरु लगाउने घोषणा गरेका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...