विश्वकै महंगा अभिनेताको सूचीमा अक्षय र सलमान

Top 10

काठमाडौं । बलिउडका अक्षय कुमार र सलमान खान विश्वकै महंगा अभिनेताको सूचीमा परेका छन् ।

अमेरिकी विजनेस म्यागजिन फोब्सले सन् २०१७–१८ मा सर्वाधिक आम्दानी गर्ने अभिनेताहरुको सूचीमा दुई बलिउड अभिनेताहरु पनि समाहित भएका हुन् ।

टप टेनको सूचीमा अक्षयले सातौं स्थान बनाएका छन् भने सलमान खान नवौं स्थानमा छन् । यसअघि टप टेनमा स्थान बनाएका शाहरुख खान भने बाहिरिएका छन् । शाहरुखका पछिल्ला फिल्महरु रइस र जब ह्यारी मेट सेजल असफल भएकाले उनको आम्दानी घटेको फोब्सले जनाएको छ ।

फोब्सका अनुसार अक्षयले एक वर्षमा चार करोड ५ लाख डलर कमाउँछन् । यो वर्ष अक्षयका फिल्महरु बक्स अफिसमा लगातार सफल भएकाले अर्को वर्ष उनको स्थान झन् माथि पुग्ने अनुमान छ ।

यसैगरी अक्षय भन्दा सलमानको कमाइ केही कम छ । सलमानले एक वर्षमा तीन करोड ८५ लाख डलर आम्दानी गरेका छन् । यद्यपी अघिल्लो वर्षको तुलनामा उनको आम्दानी बढेको छ । सुजुकी मोटरसाइकल र क्लोरोमिन्ट गमको विज्ञापनबाट पनि उनले आम्दानी गरेका छन् ।

फोब्सको पहिलो स्थानमा हलिउड स्टार जर्ज क्लुने रहेका छन् । उनले २३ करोड ९० लाख डलर कमाएका छन् भने दोस्रो डेवान जोह्नसन, तेसे स्थानमा रोबर्ट डोने, चौथो स्थानमा क्रिस हेम्वर्थ, पाँचौ स्थानमा ज्याकि च्यान, छैटौंमा विल स्मिथ, सातौंमा अक्षय कुमार, आठौंमा आदम स्यान्डलर, नवौं सलमान खान र दशौं स्थानमा क्रिस इभान्स रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...