छुट्टिएको ६० वर्षपछि पुनर्मिलन !

Koriyali

काठमाडौं । द्वन्द्व र विभाजनका कारण छुट्टिएका दक्षिण कोरियालीहरू आफ्ना परिवारजनसँग पुनर्मिलनको अवसर पाएको छ । उनीहरू पुनर्मिलनका लागि उत्तर कोरियाको यात्रा गर्दैछन् ।

उनीहरूले ६० वर्षभन्दा लामो समयपछि पहिलो पटक आफ्ना परिवारजनलाई भेट्न गइरहेका छन् ।

आफ्ना छुट्टिएका परिवारजनलाई भेट्न उत्तर कोरिया जान लागेको टोलीमा ८९ जना दक्षिण कोरियालीहरू रहेका छन् । उनीहरूमध्ये धेरै जना वृद्ध र कमजोर भइसकेका छन् । उनीहरू कोरियाली युद्धका बेला आफ्ना परिवारबाट अलग्गिएका थिए ।

दक्षिण र उत्तर कोरियामा छरिएका परिवारजनबीचको यो पुनर्मिलन पर्यटनका लागि प्रसिद्ध माउन्ट कुम्गाङ्गमा हुन गइरहेको छ ।

सोल र प्योङ्याङ्मा रहेका दुई कोरियाली सरकारबीचको तनावग्रस्त सम्बन्ध अहिले सुधार हुन थालेकोले तीन वर्षको अन्तरालमा पहिलो पटक कोरियाली पारिवारिक पुनर्मिलन सम्भव हुन लागेको हो ।

विगतका दशकहरूमा पनि दुई कोरियामा छुट्टिएर रहेका परिवारजनबीच पुनर्मिलन कार्यक्रमहरू भएका थिए ।

तर ८० वर्षको उमेर टेकिसकेका धेरै छुट्टिएका कोरियालीहरूका लागि पुनर्मिलनको लागि निकै कम सयम बाँकी छ ।/uploads/Vadau/koriyali 1.jpg

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...