केरलाका बाढीमा ३५७ जनाको मृत्यु, ३ लाख मानिस घरबारविहीन

Kerla

काठमाडौँ । बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ ।

भारतमा जुन महिनामा बर्खा सुरु हुन्छ तर मृत्यु हुनेको संख्या भने केरलामा पछिल्लो ४८ घण्टामा निकै बढेको छ ।

शनिबारदेखि वर्षा कम भएको भन्दै त्यहाँको सरकारले १४ जिल्लामा लगाएको रेड अलर्ट हटाएको छ भने १० जिल्लामा अरेन्ज अलर्ट भनेक कायमै राखेको छ ।

उक्त राज्यमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोबाट करिब ३ लाख मानिसहरू घरबारविहीन भएका छन्, उनीहरु हाल शिविरहरूमा बसिरहेको जनाइएको छ । हेलिकोप्टरमार्फत् खासगरी बालबालिका र बृद्धबृद्धालाई उद्धार गरेर सुरक्षित स्थलतर्फ सारेर शिविरमा राखिएको हो ।

/uploads/Vadau/kerla 3.jpgविपत्तीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न आफैँ त्यहाँ पुगेका थिए । केरला सरकारले धेरैजसोको पहिरोले निम्त्याएको भग्नावशेषमा पुरिएर ज्यान गएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...