नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन

Kofi annan

काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।

अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए ।

सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए । उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।

अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन् । उनी घानामा जन्मिएका थिए ।

कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...