पाकिस्तानका प्रधानमन्त्री इमरानले लिए शपथ

Imran khan

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार गोपनीयताको शपथ लिएका छन् ।

इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले नयाँ प्रधानमन्त्री खानलाई शपथ गराएका हुन् । संसदमा हिजो भएको निर्वाचनमा पूर्व क्रिकेटर खान पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

शपथ ग्रहणका कार्यक्रममा उनी कालो रंगको सेरबानी लगाएर उपस्थित भएका थिए । प्रधानमन्त्री चयनका लागि हिजो भएको निर्वाचनमा उनले राष्ट्रियसभाका १७६ जना सदस्यको समर्थन प्राप्त गरेका थिए ।

विपक्षी पाकिस्तानी मुस्लिम लिग नवाजका प्रमुख शहबाज शरीफले ९६ मत मात्र प्राप्त गरेका थिए । २० वर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ वर्षिय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाएको एजेन्सीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...