इमरान खान बने पाकिस्तानको २२औं प्रधानमन्त्री

इमरान खान

काठमाडौं । पूर्व क्रिकेटर एवं पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका नेता इमरान खान पाकिस्तानका २२औं प्रधानमन्त्री बनेका छन् ।

पाकिस्तानको राष्ट्रिय सदनमा शुक्रबार भएको प्रधानमन्त्रीको निर्वाचनमा १ सय ७६ मतका साथ इमरान पाकिस्तानको नयाँ प्रधानमन्त्री चुनिएका हुन्। उनका प्रतिद्वन्द्वी पाकिस्तान मुस्लिम लिग(नवाज) का शहबाज शरिफले ९६ मत प्राप्त गरे ।

प्रधानमन्त्रीका लागि भएको मतदानमा बिलावल भुट्टोको पाकिस्तान पीपुल्स पार्टीले हिस्सा लिएको थिएन्। इमरान प्रधानमन्त्रीमा चुनिएपछि उनका समर्थकहरु खुशीयाली मनाईरहेका छन्।
इमरान पूर्व क्रिकेट खेलाडी हुन् । उनको राजनैतिक संस्थाले क्रिकेट ब्याटलाई चुनावी चिन्हका रुपमा प्रयोग गर्छ। अघिल्लो महिना पाकिस्तानमा भएको राष्ट्रिय चुनावमा इमरानको नेतृत्वको पार्टीले सबैभन्दा बढी सिट जितेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...