एक चोरलाई समात्न ३ हजार प्रहरी खटाइयो

Police 3000


जापान । जापानमा एक जुत्ता चोरलाई निकै ठूलो संख्याका प्रहरीले खोजिरहेका छन् । ती चोरलाई समात्न करिब ३ हजार प्रहरी परिचालन गरिएको छ ।

खबरअनुसार ती व्यक्तिको नाम जुनया हिदा हुन् । उनीमाथि चोरीको मात्रै आरोप भने छैन । ती व्यक्तिमाथि जुत्ता चोरी गरेसँगै बलात्कारको आरोप पनि छ । केही समयअघि उनलाई प्रहरीले बलात्कार आरोमा समातेको थियो ।

तर, अहिले आएर ती व्यक्ति प्रहरी चौकीबाटै भागेपछि ठूलो संख्यामा प्रहरीले उनको खोजी गरिरहेका छन् । अझ रोचक कुार त यो छ कि, ती अभियुक्तले चौकीबाट भाग्दा पनि प्रहरीकै जुत्ता चोरेर भागेछन् ।

खबरअनुसार ती ३० वर्षका व्यक्ति २ महिनादेखि हिरासतमा थिए । उनलाई ओसाका स्थित टोन्डाबायसी प्रहरी चौकीमा राखिएको थियो । भाग्नेक्रममा उनले प्रहरीकै जुत्तासमेत चोरेर भागेपछि उनलाई समात्न देशभरमा गरेर कूल ३ हजार प्रहरी परिचालन गरिएको हो ।

गत आइतबार उनलाई भेट्न वकिल पुगेका बेला उनी तयसैबेला मौका छोपेर भागेको खबरमा बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...