बाजपेयीको अन्त्येष्टी आज, परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने

Atal bihari vajpayee

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टीमा सहभागी हुने भएका छन् । शुक्रबार अपरान्ह दिल्लीस्थित स्मृति स्थलमा उनको अन्त्येष्टी गर्ने तयारी छ ।

बाजपेयीको अन्त्येष्टीमा नेपालको प्रतिनिधित्व गर्दै आजै ज्ञवाली दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताए ।

ज्ञवालीसँगै परराष्ट्र मन्त्रालयका दक्षिण एशिया ब्युरो प्रमुख भृगु ढुंगाना पनि सहभागी रहने छन् । अन्त्येष्टीमा पाकिस्तानी कार्यबाहक कानून तथा सञ्चार मन्त्री अली जाफर र बंगलादेशका विदेशमन्त्री ए एच मोहम्मद अली पनि सहभागी हुने निश्चित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका सबै देशबाट मन्त्रीहरुको सहभागिता हुने बताइएको छ। केन्द्र सरकारले बाजपेयीको निधनमा शोक मनाउन भारतका सरकारी कार्यालयमा आधा दिन बिदा दिएको छ । त्यसैगरी निधनमा सात दिन शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने जनाइएको छ ।

तीन पटक भारतका प्रधानमन्त्री बनेका बाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार अपरान्ह निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...