भारतमा भिषण बाढी ७३ जनाको मृत्यु, ८५ हजार विस्थापित

India

काठमाडौं । भारतको केरला राज्यमा भिषण वर्षापछि आएको बाढीले ७३ जनाको मृत्यु भएको छ । अन्य ८५ हजारभन्दा बढी विस्थापित भएका छन् । राज्य सरकारले मृत्यु हुने धेरै बाढीले निम्ताएको पहिरोका कारण भएको बताएको छ ।

अवस्था निकै नाजुक भएपछि केरलाको व्यस्त कोचिन अन्तर्राष्ट्रिय विमानस्थल २ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । १४ जिल्लाका सबै शैक्षिक संस्था समेत ठप्प छन् । मौसम विभागले केरलामा खतराको संकेत समेत दिएको छ । बाढी प्रभावितलाई यतिबेला सहायता प्रदान गर्ने कार्य जारी राखिएको छ ।

घटनापछि केरलाका मुख्यमन्त्री पिनारायी भिजयानले केरलामा इतिहासमै पहिलो पटक घातक प्राकृतिक प्रकोप देखा परेको बताए । केरलामा मुख्य ४४ खोलाहरुका ड्याम खोलिदिइएको छ । जसले बस्तीमा पानी पस्ने अवस्था केही कम भएको अधिकारीहरुले बताएका छन् । घटनाप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धार तथा सहायतालाई तिव्रता दिन निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...